शनिबार, असोज १९, २०८१

प्रधानमन्त्री प्रचण्डले भने, ‘यो सरकारको नीति भनेको राम्रो काम गर्ने हो’

नेपालखोज २०७९ पुष १७ गते १३:२६

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो काम गर्ने भएको बताए ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका नेता तथा कार्यकर्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा निर्देशन दिँदै उनले जनतालाई विश्वासमा लिएर सकारात्मक काम गर्नु नै सरकारको प्रमुख कर्तव्य भएको बताए ।

प्रधानमन्त्रीले राम्रो काम गरेर जनताको विश्वास जित्न जरुरी रहेको भन्दै दुःख, मेहनत, त्याग र तपस्या जेजे गरेर भए पनि राम्रो गर्न निर्देशन दिएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

प्रतिक्रिया