मंगलबार, वैशाख २५, २०८१

१७ अंकले नेप्से बढ्दा चार अर्ब भन्दा बढीको सेयर किनबेच

नेपालखोज २०७९ पुष १७ गते १५:३१

काठमाडौं । नेप्सेमा सुखद सुरुवात देखिएको छ । साताको पहिलो कारोबार दिन आज (आईतबार) नै नेप्से १७ दशमलव २६ अंकले बढेर दुई हजार ४६ दशमलव २९ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७२ अंकले बढेर तीन सय ९४ दशमलव दुई अंकमा पुगेको छ ।

नेप्सेमा आईतबार दुई सय ६१ वटा कम्पनीहरुको ६२ हजार पाँच सय ५१ पटकको कारोबारमा एक करोड आठ लाख ८० हजार नौं सय चार कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब चार करोड ८८ लाख ७९ हजार पाँच सय १० रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आईतबार १३ वटा समूहहरुको कारोबार भएकोमा दुई वटा समूहहरुको सूचक घटेर बाँकी समूहको सूचक बढेका छन् । जसमध्ये बिकास बैंक समूहको सूचक एक दशमलव २७ अंकले घटेर तीन हजार पाँच सय ९८ दशमलव ३१ अंकमा झरेको छ । फाईनान्स समूहको सूचक तीन दशमलव ४७ अंकले घटेको छ । वाणिज्य बैंक समूहको सूचक भने पाँच दशमलव ४५ अंकले बढेर १३ सय ७१ दशमलव २३ अंकमा चढेकोमा जलबिद्युत समूहको सूचक पाँच दशमलव ३५ अंकले बढेर २२ सय ६० दशमलव एक अंकमा चढेको छ ।

यसैगरी जीवन बिमा समूहको सूचक पनि तीन सय एक दशमलव ३५ अंकले बढेर १० हजार तीन सय ८१ दशमलव ८९ अंकमा चढेको छ । निर्जिवन बिमा समूहको सूचक पनि एक सय ६२ दशमलव आठ अंकले बढेर आठ हजार चार सय ५६ दशमलव ८४ अंकमा चढेको छ । यि बाहेक लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि बढेका छन् ।

नेप्सेमा आईतबार सिर्जनशील लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १९ सय ४१ रुपैयाँ ६० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा सिद्धार्थ एक्विटी फण्डको प्रतियुनिट सेयर मूल्य भने पाँच दशमलव ५७ प्रतिशतले घटेर आठ रुपैयाँ ३० पैसा अन्तिम मूल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी नबिल बैंकको प्रतिकित्ता आठ सय ५४ रुपैयाँ ४० पैसा अन्तिम मुल्यमा २२ करोड ५७ लाख ४८ हजार नौ सय ७९ रुपैयाँ १० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया