बिहीबार, असोज २४, २०८१

कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स बैंक मर्जर

नेपालखोज २०७९ पुष १७ गते १८:२९

काठमाडौं । कुमारी बैंक लिमिटेड तथा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड १ः१ शेयर अनुपातमा मर्जर भई अब उपरान्त कुमारी बैंक लिमिटेडको नामले सञ्चालन हुने भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा दुबै बैंकका अध्यक्ष-कुमारी बैंक लि. का अध्यक्ष अमिर प्रताप ज. ब. राणा तथा साविकको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले संयुक्तरुपमा समुद्घाटन गरे पश्चात् कुमारी बैंक लिमिटेडले एकीकृत वित्तीय कारोबार सुरु गरेको छ ।

यो कार्यक्रममा कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले स्वागत मन्तन्य मार्फत नेपालको हालको आर्थिक परिस्थिति र अर्थतन्त्रलाई गतिशील बनाउनुपर्ने आजको आवश्यकता रहेको यस घडीमा यो मर्जर निकै सुखद र सकारात्मक कदम रहेको र कुमारी बैंक लिमिटेडले यस मर्जरपछि विभिन्न तवरबाट सेवाग्राहीहरुका लागि नवीनतम बैंकिङ उत्पादनहरू प्रस्तुत गर्नुका साथै आउँदा दिनहरुमा आकर्षक सुविधाहरू पनि ल्याउने विचार व्यक्त गरे ।

यस मर्जर पश्चात् चुक्तापुँजी २६ अर्ब २३ करोड रूपैयाँ, कूल निक्षेप ३ खर्ब २ अर्ब रुपैयाँ र कर्जा २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । यस पश्चात् कुमारी बैंक लिमिटेडले ४१५ वटा स्थानहरुबाट आफ्ना आधुनिकसुविधाहरू प्रदान गर्ने भएको छ-जसमा ३०६ वटा शाखा कार्यालय, ४७ एक्स्टेन्सन काउन्टर र ६२ वटा शाखारहित बैंकिङ्ग इकाइहरू तथा एटीएम संख्या ३४५ रहने छन् ।

प्रतिक्रिया