निगमले इन्धनको मूल्य यथावत् राख्ने

नेपालखोज २०७९ पुष १७ गते २०:०४

काठमाडौं । नेपाल आयल निगमले हाललाई इन्धनको मूल्य यथावत् राख्ने भएको छ । भारतबाट केही मूल्य बढेर आएपनि हाललाई इन्धनको मूल्य यथावत राख्ने भएको हो । समग्रमा निगम पाक्षिक ९९ करोड नाफामा रहेको छ ।

निगमले विज्ञप्ति जारी गर्दै भनेको छ ‘भारतीय आयल कर्पोरेसनको बक्यौता नेपाल सरकारको ऋण व्यवस्थापन चुनौतिपूर्ण अवस्था रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा मूल्य यथावत राखिएको छ ।’

भारतीय आयल कर्पोरेसन(आईओसी)ले नेपाल आयल निगमलाई आइतबार इन्धनको मूल्य बढाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको मूल्य बढेपछि आईओसीले पनि मूल्य बढाएर पठाएको निगमले जनाएको छ ।

आईओसीले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयााँ ५४ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा प्रतिसिलिन्डर ७८ रुपैयाँ २२ पैसा बढेर आएको छ ।

प्रतिक्रिया