विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा
काठमाडौं । लुम्बिनी अल स्टार पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ । आइतबार विराटनगर सुपर किंग्सलाई १२ रनले पराजित गर्दै लुम्बिनीले प्लेअफमा स्थान पक्का गरेको हो । टियु मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १ सय २३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले १९.३ ओभरमा अलआउट भएर १ सय १० रन बनायो ।
विराटनगरका लागि अर्जुन साउदले सर्वाधिक ४१ रन बनाए । गौरान्शु शर्माले १२ तथा पृथु बास्कोटाले ११ रन बनाए ।
लुम्बिनीका लागि श्याड्ली भान,तिलक भण्डारी र ह्यारी टेक्टरले समान २/२ तथा किशोर महतो,कप्तान दीपेन्द्र सिंह ऐरी र हरमित सिंहले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो ।
लुम्बिनीका लागि कपतान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५० रनको अर्धशतकीय ईनिङ खेले । कुशल भुर्तेल, ह्यारी टेक्टर र अनिल शाह समान १३/१३ रनमा आउट भए ।
विराटनगरका लागि विवेक यादव,सुर्य तामाङ र नन्दन यादवले समान २र२ विकेट लिए । कियोन जोसेफ र राज नाननले समान १र१ विकेट लिए ।
सात खेल खेलेर छ जित हात पारेको लुम्बिनी ६ खेलमा १० अंकका साथ अंक तालिकाको र्शीष स्थानमा रहेको छ । ६ खेल खेलेर दुई जित हात पारेको विराटनगर ४ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।
यही संस्करणको पहिलो भेट पनि लुम्बिनीले विराटनगरलाई पराजित गरेको थियो ।
प्रतिक्रिया