आइतबार, जेठ ६, २०८१

२०२३ मा कर्कट राशिको भविस्य

नेपालखोज २०७९ पुष १८ गते ६:५९

नयाँ वर्ष अर्थात् नयाँ वर्ष २०२३ ज्योतिषिय दृष्टिकोणले कस्तो रहनेछ ? हेरौं कर्कट राशिका लागि यो वर्षको भबिस्य

कर्कट राशिका स्वामिहरुले मिश्रित फल प्राप्त गर्नेछन् । जागिर वा रोजगारीको प्रयासमा रहेका व्यक्तिका लागि यो वर्ष चुनौतीपूर्ण रहनेछ । अफिसमा सिनियर कर्मचारीसँग मतभेद हुने सम्भावना छ । छात्रछात्रा अथवा किशोर अवस्थाका व्यक्तिको मन चञ्चल रहनेछ । अध्ययनप्रति मन जाने देखिँदैन । व्यवहारिक तथा स्वास्थका कारण पनि पठनपाठनमा बाधा खडा हुनेछ । नातागोता तथा घरपरिवारमा कलहको योग छ ।

दाम्पत्य जीवनमा पनि त्यत्ति राम्रो फल पाइने छैन । आर्थिक मामिलामा केही चुनौती तथा कठिनाइहरु सामना गर्नुपर्ने हुनसक्छ । सरसापटीमा गएको धनले तनाव बढाउनेछ । आफ्नो बौद्धिकता तथा वाकपटुताका माध्यमबाट जस्तै विपरीत परिस्थितिलाई पनि सहज बनाउन सकिने छ । समग्रमा कर्कट राशिका लागि यो वर्ष उत्तम वर्ष साबित हुनेछ । धनआर्जनको बाटोमा देखिएका बाधा – अड्चनहरूको अन्त्य हुनेछ । इष्टमित्र सहयोगि रहलान । भौतिक सुख बढाउने भोगविलासका वस्तुमा धन खर्च हुनसक्छ । घरायसी एवं पारिवारिक समस्याको अन्त्य हुनेछ । प्रतिष्ठित व्यक्तित्वहरुसँग भेटघाट हुने तथा सरसहयोग लिन सकिने समय छ । सन्ततिहरूसँग मतभेद बढन सक्छ ।

मुद्दा मामिला तथा प्रशासनिक समस्या समाधान हुनेछन । वैवाहिक जीवनमा रहने उदासीन सम्बन्ध अन्त्य गर्न यथासम्भव तालमेलको प्रयास गर्नु होला । नोकरीको स्थिति सामान्य छ । पुराना समस्या वा तनावको हल निस्कने छ ।

विशेष सावधानी : माथि उल्लेखित जानकारि प्रामाणिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ याे नै पूर्ण सत्य एवं सटीक हाे भन्ने हाेइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुकाे सल्लाह सहयाेग आवश्यक हुन्छ ।

प्रतिक्रिया