बिहीबार, जेठ ३, २०८१

२०२३ मा आउँदैछन् यस्ता दक्षिण भारतीय चलचित्र

नेपालखोज २०७९ पुष १८ गते १४:२७

काठमाडाैं । दक्षिण भारतिय सिनेमाको क्रेजले मानिसहरुलाइ उतै तिर हेर्न बाध्य बनाएको छ । बलिउड प्रेमीहरूको आकर्षण पनि विस्तारै दक्षिण भारतीय चलचित्रतर्फ सर्दै गएको छ । यस्ता धेरै दक्षिण भारतिय फिल्म छन् जुन २०२३ मा रिलिज हुने तयारीमा छन् ।

वरिसु ( उत्तराधिकारी ) : दक्षिण भारतीय सिनेमाका दिग्गज अभिनेता थालापथी विजय लामो समयदेखि फिल्म ‘वरिसु’का कारण चर्चामा छन् । यो फिल्ममा उनी रश्मिका मन्डन्नाको अपोजिटमा देखिनेछन् । यो तमिल भाषाको फिल्म हो, जसलाई वाम्शी पैडिपल्लीले निर्देशन गर्दैछन्। रिपोर्ट अनुसार निर्माताले यसलाई हिन्दी भाषामा समेत रिलिज गर्ने योजना बनाएका छन् । यो फिल्म जनवरी १२ मा रिलिज हुनेछ ।

पुष्पा टु-द रूल : अल्लु अर्जुनको फिल्म पुष्पा : द राइज निकै हिट भएको थियो । अब यसको दोस्रो भाग पुष्पा : द रुल डिसेम्बर २०२३ मा रिलिज हुनेछ । यो फिल्म रातो चन्दनको तस्करीमा आधारित छ । निर्देशकका अनुसार आगामी वर्ष अप्रिल वा मेमा यसको छायांकन सुरु भई यो वर्षको अन्त्यसम्ममा रिलिज गर्ने योजना छ ।

क्याथी-२ : कार्ती स्टारर तमिल फिल्म क्याथी ब्लकबस्टर साबित भएको थियो । २०२३ मा यसका निर्देशक लोकेश कनागराजले यो फिल्मको छायांकन सुरु गर्नेछन् र यो फिल्म वर्षको अन्त्य तिर रिलिज हुनेछ ।

सालार : सालार प्रशान्त नील द्वारा लिखित एवं निर्देशित एक्सन फिल्म हो । होम्बले फिल्म्स अन्तर्गत विजय किरागान्दुरले निर्माण गरेको यो फिल्म तेलुगु र कन्नड भाषामा एकसाथ छायांकन गरिएको छ । यसमा प्रभाससँगै पृथ्वीराज सुकुमारन, श्रुति हसन, जगपति बाबु पनि मुख्य भूमिकामा हुनेछन् । यो फिल्म सेप्टेम्बर २८ मा रिलिज हुनेछ ।

इन्डियन टु : बलिउड र साउथ दुबै तिर राज गरेका कमल हसन यो वर्ष आफ्नो जबरदस्त फिल्म इन्डियन-२ लिएर आउँदैछन् । यो फिल्मको पोस्टर सार्वजनिक भइसकेको छ जसमा उनी राजनीतिज्ञको भूमिकामा देखिएका छन् । फिल्ममा उनीसँगै काजल अग्रवाल तथा रकुल प्रीत पनि देखिनेछन् । यो तमिल फिल्म जनवरी २०२३ मा रिलिज हुने सम्भावना छ ।

आदिपुरुष : तेलुगु फिल्म आदिपुरुष रामायणबाट प्रेरित छ । यो फिल्ममा प्रभास रामको, कीर्ति सेनन सीताको तथा सैफ अली खान रावणको भूमिकामा देखिनेछन् । यो चलचित्र १६ जुन २०२३ मा रिलिज हुनेछ ।

वाडा चेन्नई-२ : तमिल फिल्मको य‍ो सिक्वेलमा धनुष अन्बु को भूमिकामा देखिनेछन् । यसको पहिलो भाग २०१८ मा ब्लकबस्टर साबित भएक‍ो थियो । यो चलचित्र १४ अप्रिल २०२३ मा रिलिज हुनेछ।

हरि हारा वीरा मल्लू : यो आगामी तेलुगु पिरियड एक्शन एडभेन्चर फिल्म हुनेछ जसमा पवन कल्याणका अतिरिक्त अर्जुन रामपाल, निधि अग्रवाल तथा नर्गिस फाखरी मुख्य भूमिकामा हुनेछन्। यो फिल्म चर्चित डाँका वीरा मल्लुको जीवनमा आधारित छ । यसको प्रदर्शन डेट ३० मार्च हो ।

प्रतिक्रिया