मंगलबार, वैशाख २५, २०८१

१७ अंकले नेप्से बढ्दा दुई अर्ब ९६ करोडको सेयर किनबेच

नेपालखोज २०७९ पुष १८ गते १५:३९

काठमाडौं । नेप्सेको उच्च बृद्धि कायम नैं देखिएको छ । अघिल्लो दिन १७ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज (सोमबार) पुन: १७ दशमलव ५६ अंकले बढेर दुई हजार ६३ दशमलव ८३ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८८ अंकले बढेर तीन सय ९४ दशमलव ८९ अंकमा पुगेको छ ।

नेप्सेमा सोमबार दुई सय ५३ वटा कम्पनीहरुको ४८ हजार पाँच सय तीन पटकको कारोबारमा ८२ लाख ७१ हजार तीन सय ५५ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ९६ करोड नौ लाख २७ हजार चार सय ४० रुपैयाँ पुगेको छ ।

नेप्सेमा सोमबार १३ वटा समूहहरुको कारोबार भएकोमा तीन वटा समूहको सूचक घटेर बाँकी समूहको सूचक बढेका छन् । यो मध्ये उत्पादनमुलक समूहको सूचक ३७ दशमलव ३७ अंकले घटेर पाँच हजार दुई सय दशमलव २२ अंकमा झरेको छ । अन्य र सामुहिक लगानी कोष समूहको सूचक घटेको छ । वाणिज्य बैंक समूहको सूचक भने १३ दशमलव ७३ अंकले बढेर १३ सय ८६ दशमलव २७ अंकमा चढेकोमा बिकास बैंक समूहको सूचक ६७ दशमलव २८ अंकले बढेर तीन हजार ६ सय ६० दशमलव २३ अंकमा चढेको छ ।

जलबिद्युत समूहको सूचक पनि ३४ दशमलव ३२ अंकले बढेर २२ सय ९४ दशमलव ५० अंकमा चढेकोमा जीवन बिमा समूहको सूचक ५४ दशमलव २४ अंकले बढेर १० हजार चार सय ३६ दशमलव १३ अंकमा चढेको छ । निर्जिवन बिमा समूहको सूचक दुई सय ५८ दशमलव ५८ अंकले बढेर आठ हजार सात सय १५ दशमलव ५८ अंकमा चढेकोमा फाइनान्स, होटेल तथा पर्यटन, लगानी, लघुवित्त र ट्रेडिङ समूहहरुको सूचक पनि बढेका छन् ।

नेप्सेमा सोमबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १२ सय ६५ रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा एनएमबी ५० को प्रतियुनिट सेयर मूल्य चार दशमलव ८० प्रतिशतले घटेर आठ रुपैयाँ ९३ पैसा अन्तिम मूल्यमा प्रतियुनिट सेयर किनबेच भएको छ ।

यसैगरी सोमबार नविल बैंकको प्रतिकित्ता सात सय ३९ रुपैयाँ अन्तिम मूल्यमा १६ करोड ८४ लाख ५१ हजार दुई सय ८२ रुपैयाँ ८० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया