सोमबार, असोज २८, २०८१

दुबईमा सुरु हुँदै छ अर्को अन्तर्राष्ट्रिय क्रिकेट लिग

नेपालखोज २०७९ पुष १९ गते ८:००

काठमाडाैं । दुबईको नयाँ क्रिकेट लिग जनवरी १३ देखि युएईमा सुरु हुँदै छ । अन्तर्राष्ट्रिय लिग टी-ट्वान्टी (आईएलटी ILT 20) भनेर चिनिने यो लिगमा ६ वटा टिमको सहभागिता रहनेछ जसमध्ये पाँच वटा फ्रेन्चाइजीका मालिक भारतीय हुन् । यो लिगमा अदानी समूहदेखि रिलायन्स समूह, शाहरुख खानको कोलकाता नाइट राइडर्स तथा दिल्ली क्यापिटल्स पनि सहभागी छन् ।

एक महिना लामो यो टी(२० प्रतियोगिता १२ फेब्रुअरीमा समाप्त हुनेछ। यो लिगमा भारतका रोबिन उथप्पा जस्ता क्रिकेटर सहभागी हुने भएका छन् भने सबै टिममा क्यारेबियन क्रिकेटरको दबदबा देख्न सकिन्छ । दुबईको इन्टरनेशनल लिग ९क्ष्ीत्द्दण्० कमाईको हिसाबले आइपीएल पछिको दोस्रो ठूलो लिग बन्ने विश्वास गरिन्छ ।

यो लिगमा प्रत्येक फ्रेन्चाइजलाई प्लेइङ ११ मा ९ जना विदेशी खेलाडी राख्ने अनुमति दिइएको छ । लिगको सुरुवात जनवरी १३ मा दुबई क्यापिटल्स र अबु धाबी नाइट राइडर्सबीचको खेलबाट हुनेछ ।

दुबईको यो लिगमा ८४ जना अन्तर्राष्ट्रिय तथा २४ जना युएईका क्रिकेटरलाई स्थान दिइएको छ जसमा सबै टिमले विपक्षी टिमसँग राउण्ड रोबिन प्रणालीमा दुई ( दुई खेल खेल्नेछन् । यसमा कुल ३० लिग खेल र चार प्लेअफ खेल हुनेछन् । यो क्रिकेट लिगका १६ खेल दुबई , १० खेल अबुधाबी तथा ८ खेल शारजाहमा हुने तय गरिएको छ । यसको उद्घघाटन समारोहमा बलिउड र्‍यापर बादशाहले प्रस्तुति दिनेछन् ।

कुन टिमबाट कुन खेलाडीले खेल्दैछन् ?

गल्‍फ जायन्टस ९अडानी ग्रुप० स् क्रिस जोर्डन, शिमरोन हेटमायर , जेम्‍स विन्‍स आदि ।

एमआई एमिरेट्स ९रिलायन्स ग्रुप० स् कीरोन पोलार्ड, ड्वेन ब्रावो, निकोलस पूरन , इमरान ताहिर आदि ।

अबुधाबी नाइट राइडर्स ९शाहरुख खानको टीम० स् सुनील नरेन, आन्द्रे रसेल, जोनी बेयरस्‍टो , पल स्टर्लिंग , लहिरू कुमारा , कोलिन इनग्राम आदि ।

दुबई क्यापिटल्‍स स् रोबिन उथप्‍पा, रोवम्यान पावेल, दुष्मन्था चमीरा , मुजीब(उर(रहमान आदि ।

शारजाँहा वारियर्स ९राजेश शर्माको टीम० स् मोइन अली , डेविड मलान , ईविन लुईस , मोहम्‍मद नबी आदि ।

डेजर्ट वाइपर्स ९अमेरिकी मालिकको टीम० स् कोलिन मुनरो , टम करेन , बेन डकेट , वनिन्‍दू हसरंगा आदि ।

प्रतिक्रिया