सोमबार, असोज २८, २०८१

कति पुग्याे डलरकाे भाउ ?

नेपालखोज २०७९ पुष १९ गते ९:५७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६९ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४१रुपैयाँ ७३ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५९ रुपैयाँ १४ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८६ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर १० रुपैयाँ १० पैसा रहेको छ भने बिक्रीदर १२ रुपैयाँ १४ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ रहेको १३ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया