सोमबार, वैशाख ३१, २०८१

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ पुष १९ गते ११:३६

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको छ । सोमबार पनि छापावाल सुन प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ११ सय रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तेजाबी सुन प्रतितोला १ लाख १ सय २ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा नै कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया