बुधबार, असोज २३, २०८१

के होला २०२३ को प्राविधिक क्षेत्रमा ?

नेपालखोज २०७९ पुष १९ गते ११:०८

काठमाडौं । सन् २०२२ मा प्रविधिको क्षेत्रमा धेरै कुराहरु भए । फाइभ जी को सुरुवात पछि एप्पलले आईफोनमा स्याटेलाइट जडान गरेको छ । अहिले नयाँ वर्ष २०२३ सुरु भएको छ । यस्तो अवस्थामा नयाँ वर्षलाई प्रविधिको क्षेत्रमा गत वर्षसँग कसरी तुलना गर्ने र नयाँ के हुन सक्छ ? विवेचना गर्नु शान्दर्भिक हुनेछ ।

सामाजिक सञ्जाल

सन् २०२२ मा ट्विटर पूरै वर्ष समाचारमा छाइ रह्यो । लामो चर्चा र विवादपछि यो कम्पनीको लगाम इलोन मस्कको हातमा आयो भने वर्षको अन्त्य हुनुअघि मस्कले पनि ट्विटरको सीईओको पद त्याग गरे । गत वर्ष ट्विटरको लगाम लिएपछि, सीईओ एलोन मस्कले ट्वीट गरे कि उनले अब Vine लाई फिर्ता ल्याउन सक्नेछन् ।

यो ट्विटरले २०१३ मा किनेको छोटो-फर्मको भिडियो एप हो । २०२२ मा सर्ट-फर्म भिडियोहरू धेरै लोकप्रिय भए र इन्टरनेटमा आँधीबेहरी ल्याए । विश्लेषकहरूका अनुसार २०२३ मा भने लामा भिडियोहरूको वृद्धि देखिनेछ । मिडिया रिपोर्टका अनुसार इन्फ्लुएन्सर मार्केटिङले सन् २०२३ मा फस्टाउन जारी राख्नेछ। यससँगै हामी सामाजिक सञ्जालमा इ-कमर्सको बृद्धि पनि देख्न सक्छौं।

सन् २०२२ मा BeReal जस्ता एपहरूको उदय पनि देखियो जसले प्रयोगकर्ताहरूलाई थप प्रामाणिक हुन मद्दत गर्छ । यसको बढ्दो लोकप्रियतालाई हेरेर नयाँ वर्षमा यस्ता थप एप्स आउन सक्छन् । जानकारहरुका अनुसार कुकीहरूको प्रयोग यो वर्ष कम हुन सक्छ। गुगलले यसलाई सन् २०२४ मा फेज आउट गर्ने घोषणा गररिसकेको छ । यसले सर्फिङ डाटामा कम्पनीहरूको पहुँच कम गर्नेछ।

मेटाभर्स क्षेत्रको कुरा गर्दा, यो शब्द वर्ष २०२२ भरि प्रचलित रह्यो । सन् २०२१ मा फेसबुकले आफूलाई रिब्रान्ड गरेपछि आफ्नो नामबाट सबैलाई आकर्षित गर्ने काम गर्‍यो । यद्यपि अब २०२२ साल सकिएको छ तर मेटाभर्सका सन्दर्भमा मार्क जुकरबर्गको भिजन के हो अझै स्पष्ट हुन सकेको छैन । अब सन् २०२३ मा कम्पनीले यस सम्बन्धमा केही नयाँ घोषणा गर्ने अपेक्षा गरिएको छ

साइबर सुरक्षा

सन् २०२२ मा साइबर अपराध अझ बढयो । फाइभजी सेवा सुरु भएपछि यसतर्फ थप ध्यान दिनु आवश्यक देखिएकोछ । सन् २०२३ मा साइबर सुरक्षामा गहिरो अनुसन्धान गरेर आक्रमण रोक्न बलियो संयन्त्र निर्माण हुने अपेक्षा गरिएको छ । यसका साथै साइबर आक्रमणबाट जोगिन समाजमा चेतना पनि फैलाउनुपर्छ ।

वेब ३.०

वेब ३.० इन्टरनेटको विकासको अर्को चरण हो, जसको एउटा अंश पनि मेटाभर्स हो। वेब ३.० को मुख्य विचार प्रयोगकर्ताहरू द्वारा इन्टरनेट विकेन्द्रीकरण गर्नु हो। २०२३ मा मेटाभर्समा धेरै क्षेत्रमा नयाँ आविष्कारहरू देख्न पाइनेछ । विज्ञहरूका अनुसार मेटाभर्स शिक्षालगायत सबै प्रमुख क्षेत्रमा प्रवेश गर्न सक्छ। धेरै ठूला ब्रान्डले यस क्षेत्रमा पाइला टेकेका छन्, जसको प्रभाव यो वर्ष देखिन सक्छ ।

प्रतिक्रिया