शनिबार, जेठ ५, २०८१

यो वर्ष रिलिज हुने वेब सिरिजहरुको सुची

नेपालखोज २०७९ पुष १९ गते १२:०५

काठमाडौं । २०२३ को बहुप्रतिक्षित वेब शृंखला मिर्जापुर-३, द फेमिली म्यान- ३ र पञ्चायत- ३ जस्ता वेब सिरिज २०२३ मा दर्शकहरुलाइ मनोरञ्जन गराउन तयार छन् । हेरौं यो वर्ष रिलिज हुने वेब सिरिजहरुको शुची :

द फेमिली म्यान- ३: मनोज बाजपेयीको बहुप्रतिक्षित वेब सिरिजको तेस्रो सिजनको सुटिङ यहि वर्ष सुरु हुँदैछ ।

मिर्जापुर- ३ : मिर्जापुर सिजन- ३ को छायांकन सम्पन्न भैसकेको छ र यो २०२३ को शुरुमै ओटीटीमा आउने तयारीमा छ । कालीन भैया गोलु गुप्ता र गुड्डु भैयाबाट मुन्नाको हत्याको बदला लिन चाहन्छन्। यस्तो अवस्थामा कथामा अब के हुन्छ हेर्न रोचक हुनेछ ।

पाताल लोक सीजन-२ : पाताल लोकको नयाँ सिजन हेर्न मानिसहरु निकै उत्साहित छन् । यो वेब सिरिज सन् २०२३ मै रिलिज हुने बताइएको छ ।

ये काली-काली आँखें सीजन- २ : ये काली काली आँखे नेटफ्लिक्समा आँचल सिंह, ताहिर राज भसिन र श्वेता त्रिपाठी अभिनीत प्रेम र पराक्रमको कथा हो । विक्रान्तले आफ्नी श्रीमतीलाई अपहरण गरेका छन् र अब सिजन २ ले नेताकी छोरीले उसबाट कसरी छुटकारा पाउँछिन् भनेर हेर्नुछ ।

पंचायत सीजन- ३ : पञ्चायतको सिजन- २ वर्ष- २०२२ का ओटीटी रिलिजहरूमध्ये सबैभन्दा लोकप्रिय थियो। सचिव जी र रिंकीको प्रेम कथा भर्खरै सुरु हुन लागेको छ । यस्तो अवस्थामा फकोली बजारमा उनीहरुको रोमान्स हेर्न दर्शकहरु आतुर छन् । सिजन- २ मा सचिवजीको स्थानान्तरण भएको छ र गाउँका प्रमुख कुनै पनि हालतमा त्यसलाई रोक्न चाहन्छन् । त्यसैले सिजन- ३ अझ रमाइलो हुने अपेक्षा गरिएको छ।

हीरा मंडी : सञ्जय लीला भन्सालीले हीरा मंडी बाट ओटीटीमा डेब्यु गर्दैछन् । नेटफ्लिक्समा रिलिज हुने यो सिरिज उनको ड्रिम प्रोजेक्ट हो । यो लाहोरको कथा हो जसमा कोठी र वेश्याहरूको जीवन देखाइनेछ।

इंडियन पुलिस फोर्स : सन् २०२३ मा रोहित शेट्टीको वेब सिरिज इन्डियन पुलिस फोर्स पनि आउनेछ जसमा सिद्धार्थ मल्होत्रा मुख्य भूमिकामा देखिनेछन् । शृङ्खलामा आतंकवादसँग लडिरहेको प्रहरीलाइ देखाइएको छ।

फर्जी : शाहिद कपूर फर्जी बाट ओटीटी प्लेटफर्ममा डेब्यू गर्दैछन् । यो सिरिज सन् २०२३ मा सार्वजनिक हुँदैछ । यसलाई राज र डीकेको जोडीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया