सोमबार, वैशाख २४, २०८१

तीन अर्ब ४५ करोडको सेयर किनबेच

नेपालखोज २०७९ पुष १९ गते १५:२६

काठमाडौं । अघिल्लो दिन १७ दशमलव ५६ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज (मंगलबार) भने झिनो अंकले घटेको छ । नेप्से आज तीन दशमलव तीन अंकले घटेर दुई हजार ६१ दशमलव छ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ३९ अंकले घटेर तीन सय ९४ दशमलव ६२ अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय ५७ वटा कम्पनीहरुको ५३ हजार तीन सय १४ पटकको कारोबारमा ८२ लाख २२ हजार आठ सय ३३ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ४५ करोड ८० लाख ८९ हजार सात सय ८७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा चार वटा समूहहरुको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये होटल तथा पर्यटन समूहको सूचक ७७ दशमलव १३ अंकले बढेर तीन हजार ४४ दशमलव ६८ अंकमा चढेको छ । लघुवित्त, सामुहिक लगानी कोष र ट्रेडिङ समूहहरुको सूचक पनि बढेका छन् । वाणिज्य बैंक समूहको सूचक भने तीन दशमलव ३८ अंकले घटेर १३ सय ८३ दशमलव ४५ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि १९ दशमलव ५४ अंकले घटेर तीन हजार ६ सय ४० दशमलव ६९ अंकमा झरेको छ ।

यसैगरी जलबिद्युत समूहको सूचक पनि ६ दशमलव ४५ अंकले घटेर २२ सय ८८ दशमलव १६ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि एक सय २२ दशमलव ५२ अंकले घटेर १० हजार तीन सय १३ दशमलव ६१ अंकमा झरेको छ । निर्जिवन बिमा समूहको सूचक पनि २३ दशमलव दुई अंकले घटेर आठ हजार छ सय ९२ दशमलव ४० अंकमा झरेकामाप फाइनान्स, लगानी, उत्पादनमुलक र ट्रेडिङ समूहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज स्वेत गंगा हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर तीन सय २७ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा वीन लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ५९ प्रतिशतले घटेर एक हजार ११ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज हिमालयन डिष्ट्रिलरी प्रालिको प्रतिकित्ता चार हजार ३० रुपैयाँ अन्तिम मुल्यमा ४३ करोड १९ लाख ६४ हजार दुई सय ३६ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया