फ्रान्समा यौन अभियोगका कलाकारलाइ अवार्ड नदिइने
काठमाडौं । फ्रान्सको ओस्कार भनिने सिने अवार्ड सेजरमा यौन उत्पीडनको आरोप लाग्ने कुनै पनि कलाकारले मनोनयन नपाउने भएका छन । यो नियम २०२३ को पुरस्कारका लागी बनाइएको हो । सेजर अवार्ड बितरण समारोह अर्को महिना हुँदैछ । यसका आयोजकहरुले यौन उत्पीडनका पीडितहरुलाई ध्यानमा राखेर यो निर्णय गरेको बताएका छन् ।
यो निर्णयको पहिलो असर अभिनेत्री सोफिया बेनासरलाई पर्नेछ जो बलात्कारको आरोपमा अनुसन्धानमा छिन् । बेनासरले त्यस्तो आरोपलाई गलत बताएकि छिन् । यदि बेनासरले सिजर समारोहमा भाग लिइए भने त्यहाँ उनका विरुद्ध प्रदर्शन हुन सक्छ भन्ने आशंका पनि छ । सन् २०२० को घटनापछि यो निर्णय लिइएको हो । २०२० मा रोमन पोलान्स्कीले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका थिए जसको कडा विरोध भएको थियो किनभने पोलान्स्की बिरुद्ध अमेरिकामा बलात्कारको आरोप छ र मुद्दा चलिरहेको छ।
सिजर अवार्ड सिजर एकेडेमीद्वारा आयोजित गरिन्छ। सिजर एकेडेमीले नोभेम्बरमा नै बेनासरलाई मनोनयन सूचीबाट हटाएको थियो । त्यसैबेला एकेडेमीले यौन उत्पीडनको आरोप लागेकाहरूलाई पुरस्कारका लागि अयोग्य ठहराउने नियम बनाउने विचार गरिरहेको बताएको थियो । अब यस बिषयमा निर्णय सार्वजनिक गर्दै सिजर एकेडेमीले जेल सजाय हुन सक्ने विशेषगरी यौनजन्य अपराधमा अनुसन्धान भइरहेका जो कोहीलाई फागुन १५ गते हुने समारोहमा भाग लिन निषेध गरिएको जनाएको छ ।
यो नियम दोषी पाइएका र सजाय पाएकाहरू माथि पनि लागू हुनेछ। अब एकेडेमीले नियमलाई स्थायी बनाउने वा नबनाउने भन्ने बिषयमा मतदान गर्नेछ। एकेडेमीले विज्ञप्ति जारी गर्दै भनेको छ-पीडितहरूको सम्मानमा न्यायपालिकाबाट हिंसात्मक गतिविधिको आरोप लागेकाहरूलाई स्पटलाइट नगर्ने निर्णय गरिएको छ। जसविरुद्ध अनुसन्धान भइरहेको छ, उनीहरु पनि यसमा सामेल हुने एकेडेमीले जनाएको छ ।
प्रतिक्रिया