शनिबार, जेठ ५, २०८१

यो वर्ष देखिने छन् यी नयाँ जोडि

नेपालखोज २०७९ पुष २० गते १५:०३

काठमाडाैं । सन् २०२३ मनोरञ्जनले भरिपूर्ण रहने अनुमान छ । य‍ो वर्ष रिलिज हुन लागेका धेरै बहुप्रतिक्षित चलचित्र छन् । दर्शक पनि यी चलचित्रहरु हेर्न आतुर छन् । यसका साथै आगामी फिल्ममा नयाँ जोडीहरु समेत हेर्न पाइनेछ ।

सलमान खान–पूजा हेगडे : बलिउडका ‘भाइजान’ अभिनेता सलमान खान आफ्नो आगामी फिल्म ‘किसी का भाई किसकी जान’ मा मुख्य भूमिकामा देखिदै छन् । यसमा उनका साथमा पहिलोपटक पूजा हेगडे हुनेछिन् ।

कटरिना कैफविजय सेतुपति : कटरीना कैफ – विजय सेतुपति : कटरिना पहिलो पटक विजयसँग काम गर्दैछिन् । दुबैको फिल्म मेरी क्रिसमस पहिले २०२२ मा रिलिज हुनुपर्ने थियो तर अब यो वर्ष २०२३ को सुरु तिरै रिलिज हुँदैछ ।

शाहरुख खाननयनतारा : फिल्म जवानमा अभिनेता शाहरुख खान र नयनतारा मुख्य भूमिकामा छन् । यो फिल्ममा शाहरुख दक्षिण भारतिय अभिनेत्री नयनतारासँग झगडा गरिरहेका देखिनेछन् ।

प्रभासकृति सेनन : फिल्म आदिपुरुषको ट्रेलर हालसालै रिलिज भएको छ । यसमा प्रभास पौराणिक कथा रामायणका भगवान रामको भूमिकामा देखिनेछन् भने कृति सीताको भूमिकामा देखिनेछिन् । आदिपुरुष प्रभास र कृतिले सँगै काम गरेको पहिलो चलचित्र हो ।

रणवीर कपूररश्मिका मन्डन्ना : फिल्म एनिमलमा रणवीर कपुर र रश्मिका मन्डन्ना पहिलो पटक मुख्य भूमिकामा देखिनेछन् । दर्शकहरू यी दुईलाई ठूलो पर्दामा सँगै हेर्न आतुर छन् ।

सारा अली खानविक्की कौशल : नाम नखुलेको लक्ष्मण उतेकरको फिल्ममा सारा अली खान र विक्की कौशलले सँगै काम गरेका छन । आफ्नो अभिनयले प्रभाव पार्दै आएका विक्कीले सारा सँग अभिनय गरेको यो पहिलो चलचित्र हो ।

अजय देवगनप्रियमणी : बलिउड अभिनेता अजय देवगन दक्षिण भारतीय अभिनेत्री प्रियमणीसँग फिल्म मैदानमा देखिने भएका छन् ।

अमला पल–अजय देवगन : यो जोडी पहिलो पटक फिल्म भोलामा देखिँदैछ । चलचित्रको छायांकन धमाधम भइरहेको छ । यो फिल्म वर्षको मध्य वा अन्त्य तिर रिलिज हुनेछ ।

रणवीर कपुर–श्रद्धा कपुर : बलिउडको यो नयाँ जोडी आफ्नो केमेस्ट्रीले मञ्चमा आगो लगाउन तयार छ । उनीहरु लभ रञ्जनको फिल्ममा सँगै काम गर्दैनछन् ।

सामन्था रुथ प्रभु–विजय देवरकोंडा : सामन्था रुथ प्रभु विजय देवरकोन्डासँग चलचित्र कुशीमा देखिने छिन् । यो फिल्म पनि धेरै हिसाबले विशेष छ । यो प्रेमकथामा सामन्था र विजय पहिलो पटक स्क्रिन सेयर गर्दैछन् र उनिहरु दुबैका प्रशन्सकहरु यो फिल्मलाई लिएर उत्साहित छन् ।

प्रतिक्रिया