सोमबार, असोज २८, २०८१

२०२३ मा कुम्भ राशिको भविष्य

नेपालखोज २०७९ पुष २१ गते ६:३८

नयाँ वर्ष २०२३ ज्योतिषिय दृष्टिकोणले कस्तो रहनेछ ? हेरौं कुम्भ राशिका लागि यो वर्षको भबिस्य : कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : कुम्भ राशि हुने व्यक्तिका लागि यो वर्ष पनि चुनौती र सङ्घर्षले भरिएको समय रहनेछ । यद्यपि कतिपय विषयमा कडा मेहनतका साथै चुनौती झेलेर सफलतासमेत पाउन सकिन्छ । जागिरको खोजीमा रहेका व्यक्तिले आफ्नो परिश्रमको मिठो फल पाउनेछन् ।

सेवारत व्यक्तिले बढुवा वा थप जिम्मेबारी प्राप्त गर्न सक्छन् । यो छात्रछात्राले पनि सङ्घर्षका बीचमा सफलता पाउने समय हो, तर विद्यार्थीहरु आफ्नो लक्ष्यबाट बाहिरिएर बरालिने स्थिति उत्पन्न हुनेछ । कला, सङ्गीत र खेलकुदको क्षेत्रमा सफलता हात लाग्नेछ । पारिवारिक जीवनमा प्रेमभाव रहनेछ । परिवारका सदस्यहरूबीच सद्भभाव बढनेछ भने एकअर्काको सम्मान पनि हुनेछ । प्रेमजीवनमा रोमान्स बढ्नेछ । व्यापार/व्यवसायका दृष्टिले समय राम्रो छ । वैदेशिक धनआर्जनको योग छ । स्वास्थ्य पनि राम्रो रहनेछ ।

गोप्य र आन्तरिक रोगबाट मुक्ति पाइनेछ । समग्रमा कुम्भ राशिका व्यक्तिका लागि यो वर्षभरि आद्य र मध्य साढेसातीको प्रभाव रहनेछ । दिनचर्याका हरेक आयाममा सङ्घर्षको परिस्थिति देखिन्छ । कार्यक्षेत्रमा उतारचढावको सामना गर्नुपर्नेछ । स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नसक्छ । यो रक्तअल्पता, उच्च रक्तचाप वा रगतसित सम्बन्धित कुनै रोगव्याधि छ भने बढी सतर्कता अपनाउने समय हो । त्यस्तै घरिघरि निराशाबोध हुने भएकाले मानसिक व्याकुलता र अशान्तिले पनि पिरोल्न सक्छ । पारिवारिक र घरायसी समस्याहरूमा बृद्धि हुनेछ ।

आर्थिक पक्षमा पनि लापरबाही नगर्नुहोला किनभने यो व्यवस्थित र सही लेखाजोखाका साथ रकमको सदुपयोग गर्दा लाभ पाउने समय हो अन्यथा ठूलो आर्थिक नोक्सानीको जोखिम बढ्नेछ । आजीविकाको क्षेत्र र बन्दव्यापारमा थप मेहनत गर्दा केही सुधार आउनेछ । स्थिर सम्पत्ति, घरघडेरी वा सेयर बजारमा पूँजी लगाउनु अघि जान्नेबुझ्नेहरु सँग सहयोग लिनु उपयुुक्त हुन्छ । विद्यार्थीले जति धेरै मेहनत गर्यो, उति धेरै सफलता पाउनेछन् । चोटपटकको योग छ, त्यसैले बाटो काट्दा वा यात्रा गर्दा सावधान रहनुपर्नेछ । मस्तिष्कलाई गतिशील र शान्त राख्ने प्रयास गर्नुहोला । यसका लागि योग, मेडिटेशन र ध्यान ठीक हुन्छ ।

विशेष सावधानी : माथि उल्लेखित जानकारि प्रामाणिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ याे नै पूर्ण सत्य एवं सटीक हाे भन्ने हाेइन । यी कुराहरुलाई अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुकाे सल्लाह सहयाेग आवश्यक हुन्छ ।

प्रतिक्रिया