शनिबार, असोज २६, २०८१

सात हजार बन्दीलाई आममाफीको घोषणा

नेपालखोज २०७९ पुष २१ गते ७:३७

म्यान्मा । म्यान्माको सैनिक सरकारले बुधबार स्वतन्त्रता दिवस मनाउन सात हजार १२ जना बन्दीलाई आममाफी दिने घोषणा गरेको छ । प्रजातान्त्रीक नेत्री आङ सान सुचीको जेल सजायलाई ३३ वर्षमा पुर्‍याएको केही दिनपछि यस्तो घोषणा भएको हो ।

सेनाले सत्ता कब्जा गरेको करिब दुई वर्षपछि दक्षिणपूर्वी एसियाली यो देशमा सरकारी सेना र विद्रोहीबीच द्वन्द्व जारी छ । बन्द अदालतबाट चलेको न्याय निरुपणको शृंखलासँगै सैनिक सरकारले यो वर्षको अन्त्यमा नयाँ चुनावको तयारी गरिरहेको छ ।

बेलायतबाट स्वतन्त्र भएको ७५ वर्ष पुगेको अवसरमा आज ‘ट्याङ्क, मिसाइल लन्चर र सशस्त्र वाहन राजधानी नेपिटको ‘परेड ग्राउन्ड’ प्रदर्शन गरिएको थियो । परेडमा निजामती कर्मचारी र माध्यमिक विद्यालयका विद्यार्थीले सेनालाई साथ दिएका थिए ।

प्रतिक्रिया