आइतबार, वैशाख ३०, २०८१

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको घट्यो

नेपालखोज २०७९ पुष २१ गते ११:३५

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन भाउ बढेको छ । भने चाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ३ हजार १ सय रुपैयाँ कायम भएको छ । बुधबार पनि छापावाल सुन प्रतितोला १ लाख २ हजार ९ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि २ सय रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तेजाबी सुन प्रतितोला १ लाख २ सय ४ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा नै कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया