इथोस सलोमे र खेम भेस्नाको भविष्यवाणी
अहिले केही भविष्यवाणीले सारा संसारलाई त्रसित बनाइरहेको छ । संसार ति भविष्यवाणीका बारेमा चिन्तित पनि छ । नोस्ट्राडेमस, बाबा भेङ्गा, सन्त अच्युतानन्द जस्ता ठूला भविष्यवक्ताले २०२३ का लागि भयानक भविष्यवाणी गरेका छन् । अहिलेको आधुनिक युगमा पनि यस्ता भविष्यवाणी माथि बिश्वास गर्नेहरू प्रसस्तै छन् । तीमध्ये चार–महन्त करसनदास बापु, इथोस सलोमे , खेम भेस्ना र हन्ना किरोल्को पनि उनीहरूको भविष्यवाणीका कारण चर्चामा छन् ।
इथोस सलोमेको भविष्यवाणी :
ब्राजिलका भविष्यवक्ता इथोस सलोमेलाई आधुनिक युगको नोस्ट्राडेमस भनिन्छ । इथोसले कोभिड १९ महामारी अर्थात् कोरोना भाइरस, महारानी एलिजाबेथ द्वितीयको मृत्यु तथा एलोन मस्कको ट्विटर डिलको भविष्यवाणी गरेको दाबी गरिन्छ । अहिले इथोसले सन् २०२३ मा हुने तेस्रो विश्वयुद्धको चेतावनी दिएका छन । इथोस भन्छन् – जब म केहि बोल्छु त्यो त्यतिबेला को समयमा असम्भव देखिन्छ, तर पछि त्यो सत्य सावित हुन्छ । मसँग भगवानको आशीर्वाद छ । यद्यपि, ब्राजिलका मानिसहरूले इथोसलाई भविष्यवक्ता मान्दैनन् । मानिसहरू उनलाइ त्यसै चर्चामा आएको लहर मात्र मान्छन ।
इथोसले उनीविरुद्धको आरोपमा भनेका छन् – म आफूलाई नोस्ट्राडेमस जस्तो भविष्यवक्ता मान्दिनँ, न त म हल्ला वा लहर मात्र हुँ । १२ वर्षको उमेरमा, मैले महसुस गरें कि म अरू भन्दा फरक छु। मलाई धेरै कुरा थाहा थियो जसमा मेरो नियन्त्रण छैन , घटनाहरू जसको मसँग कुनै सरोकार छैन। कहिलेकाहीँ म आफैं पनि डराउँछु, किनभने धेरै पटक म यस्ता कुराहरू बोल्छु, जुन सम्भव देखिँदैन, तर केहि समय पछि सत्य साबित हुन्छ। इथोसले आफ्नो सीपलाई भगवानको उपहारका रूपमा वर्णन गरेका छन । इथोसको दाबी अनुसार उनले २०१२ मा नै कोरोना महामारीको भविष्यवाणी गरेका थिए । उनले युक्रेन र रुसबीचको युद्ध ४४ दिन अगाडि नै भविष्यवाणी गरेका थिए । अहिले इथोसले यो युद्धसँगै तेस्रो विश्वयुद्ध सुरु भएको दाबी गरिरहेका छन ।
खेम भेस्नाको भविष्यवाणी :
कम्बोडियाको अंकोरमा संसारको सबैभन्दा अग्लो र सबैभन्दा ठूलो हिन्दू मन्दिर छ। उक्त मन्दिरको वरिपरि लाखौं हिन्दु बस्थेे भने कुनै समय यो देश हिन्दू राष्ट्र थियो तर अहिले यो बौद्ध राष्ट्र भएको छ। कम्बोडियाका एक भविष्यवक्ताले सारा संसारलाई चकित पारेका छन् । उनको भनाइका कारण जापानका जनता सम्म डराएका छन् । राजनीतिज्ञबाट धर्मगुरु बनेका खेम भेस्नाले गरेको भविष्यवाणीपछि सिंगो देश डरको छायाँमा बाँचिरहेको छ र उनको घरमा मानिसको भीड लागेको छ । खेम भेस्ना डेमोक्रेसी पार्टी (एलडीपी) पार्टीका अध्यक्ष पनि हुन् । कम्बोडियाका यी सबैभन्दा ठूला भविष्यवक्ताले प्रलय नजिकै रहेको भविष्यवाणी गरेका छन् । उनले प्रलयको बाढी आउन लागेको छ र छिट्टै सारा संसार त्यसमा डुब्ने संकेत गरेका छन् ।
यस्तो अवस्थामा यदि मानिसहरुले आफ्नो ज्यान जोगाउन चाहन्छन भने उनको फार्म हाउसको त्यो ठाउँमा आउन सक्छन् जहाँबाट प्रलयको प्रभाव हुँदैनभन्ने उनको भनाइ छ । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार सिम रीप प्रान्तका हजारौं मानिस खेम भेस्नाको फार्म हाउस पुगेका थिए जसका कारण पूरै क्षेत्रमा अशान्तिको माहोल सृजना भयो । खेम भेस्नाको यो भविष्यवाणीले कम्बोडियामा त्रासको वातावरण सिर्जना गरेको छ । कम्बोडियाका हरेक कुनाबाट मानिसहरु उनको घरमा आउन थालेका छन् ।
यति मात्र होइन दक्षिण थाइल्याण्ड, कोरिया र जापानबाट पनि उनको घर पुग्नेहरु प्रसस्तै छन् । खेम भेस्नाका अनुसार संसारमा भयानक प्रलय आउन लागेको छ, जसबाट उनको घर मात्र सुरक्षित रहनेछ । खेम भेस्नाको यो भविष्यवाणीले संसारमा हलचल मच्चाएको छ । यसबाट उत्पन्न अराजकताका कारण कम्बोडियाका प्रधानमन्त्री हुन सेनले यस मामिलामा हस्तक्षेप गर्नुपर्यो र उनले पुलिसलाई कडाइका साथ व्यवहार गर्न आदेश दिए । उनले अफवाहमा ध्यान नदिन सर्वसाधारणलाई आग्रहसमेत गरे ।
प्रतिक्रिया