सोमबार, वैशाख २४, २०८१

नेप्से २,१४३ अंकमा, सातामा १९ अर्ब ९७ लाखको सेयर किनबेच

नेपालखोज २०७९ पुष २२ गते १०:४५

काठमाडौ । यो साता नेप्से सुचक तथा कारोबार रकम दुबै बढेका छन् । राजनीतिक वृृतमा आएको परिवर्तन संगै नेपाल राष्ट्र बैंकले यसै साता चालु पुँजी कर्जा सम्वन्धी व्यवस्थामा पनि संशोधन गरेको छ । जसको सकारात्मक प्रभाव सिंगो सेयरबजारमा परेको छ । यसले गर्दा पनि हुन सक्छ यो साता नेप्से सूचक तथा कारोबार रकम दुबै नै उच्च अंकमा पुग्न सफल भएका छन् ।

जसअनुसार नेप्से यो साता २१ सय ४३ दशमलव ९३ अंकमा चढ्न सफल भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय ११ दशमलव २३ अंकमा चढ्न सफल भएको छ । सातामा दुई सय ६१ वटा कम्पनीहरुको दुई लाख ९३ हजार चार सय ९६ पटकको कारोबारमा चार करोड ८६ लाख ९० हजार ६ सय १६ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा यो साता कुल कारोबार रकम १९ अर्ब ९७ लाख ३९ हजार सात सय ७२ रुपैयाँ कायम भएको छ । यो कारोबार रकम गत साताको तुलनामा नौ अर्ब रुपैयाँले बढी हो ।

गत साता भने नेप्सेमा दुई सय ६१ वटा कम्पनीहरुको एक लाख ८७ हजार दुई सय २४ पटकको कारोबारमा तीन करोड २२ लाख ३७ हजार ६ सय ३० कित्ता शेयर किनबेच भएको थियो । जसबाट कुल कारोबार रकम १० अर्ब ९९ करोड ५३ लाख ३९ हजार नौं सय २७ रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच दिन नैं खुल्ला रहेकोमा तेस्रो दिन घटेर बाँकी चार कार्य दिन लगातार नेप्से उच्च अंकले बढेको थियो ।

यो अनुसार पहिलो दिन १७ दशमलव २४ अंकले बढेर दुई हजार ४६ दशमलव २६ अंकमा पुग्न सफल भएको नेप्से अन्तिम कारोबार दिन पनि १८ दशमलव नौ अंकले बढेर २१ सय ४३ दशमलव ९३ अंकमा कायम रहन पुगेको थियो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन दुई दशमलव ७१ अंकले बढेर तीन सय ९४ दशमलव एक अंकमा पुग्न सफल भएकोमा अन्तिम दिन पनि दुई दशमलव ५१ अंकले बढेर चार सय ११ दशमलव २३ अंकमा कायम रहन पुगेको थियो ।

यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा हिमालयन डिष्ट्रिलरी प्रालि, नबिल बैंक, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने कारोबार भएको शेयर संख्याको आधारमा हिमालयन डिष्ट्रिलरी प्रालि, नेपाल टेलिकम आदि अगाडि परेकाछन । बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

प्रतिक्रिया