शनिबार, जेठ ५, २०८१

काठमाडौं आउँदैछिन मलाइका अरोडा

नेपालखोज २०७९ पुष २२ गते १५:०३

काठमाडौं । बलिउड सेलिब्रिटी मलाइका अरोडाले काठमाडौं आउँदैछिन । उनी यहाँ हुने एक फेसन शोमा सहभागी हुन आउन लागेकी हुन् ।

पुस २८ गते काठमाडौंमा नेपाल जेम एण्ड ज्वेलरी एसोसिएसनले आयोजना गर्ने फेसन सोमा मलाइकाको सहभागिता रहने बताईएको छ । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा हुने ज्वेलरी फेसन रनवे एण्ड एक्स्पो- २०२३ मा उनले शो स्टपरको भुमिका निर्वाह गर्ने छिन् ।

उक्त शोमा गहना डिजाइनर, निर्माता, डिलर र खुद्रा बिक्रेता सहभागी हुने जनाइएको छ । सलमान खान स्टारर दबङको गीत ‘मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए’का कारण चर्चामा आएकी मलाइका अहिले सलमानका भाइसँग डिभोर्स लिएर निर्माता बोनि कपुर पुत्र, अभिनेता अर्जुन कपुरसँग रमाइरहेकि छिन् ।

प्रतिक्रिया