शनिबार, असोज २६, २०८१

मधेश प्रदेशमा २८ पुससम्म मुख्यमन्त्री दाबी गर्न सकिने

नेपालखोज २०७९ पुष २२ गते १५:२३

काठमाण्डौं । मधेश प्रदेशमा मुख्यमन्त्री दाबी गर्ने समय तोकिएको छ ।

मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले २८ पुसको दिउँसो ४ बजेसम्मको समय दिएका हुन् । उनले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा नेकपा एमाले २३, नेपाली कांग्रेस २२, जसपा १६, जनमत १३, लोसपा र माओवादी केन्द्र ९–९, एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र नेपाल संघीय समाजवादी १–१ र पाँच स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया