शनिबार, असोज २६, २०८१

एयर इन्डियाको फ्लाइटमा वृद्ध महिलालाई पिसाब फाल्ने व्यक्तिले मागे माफी

नेपालखोज २०७९ पुष २२ गते १७:१४

काठमाडौं । एयर इन्डियाको फ्लाइटमा एक वृद्ध महिलालाई पिसाब फाल्ने व्यक्तिले अब माफी मागेका छन् । ती पुरुषले आफ्नी श्रीमती र छोराछोरीलाई घटनाबाट प्रभावित नहोस् भन्दै उजुरी नगर्न महिलालाई आग्रह गरेका छन् ।

एयर इन्डियामा गुनासो आएपछि दिल्ली प्रहरीले बुधबार यस मामिलामा एफआईआर पनि दर्ता गरेको थियो । यो घटना नोभेम्बर २६ मा न्यूयोर्कबाट दिल्ली आउँदै गरेको फ्लाइटमा भएको हो । यसबारे नागरिक उड्डयन महानिर्देशनालयले प्रतिवेदन मागेको थियो ।

यसैबीच, एयर इन्डियाका सीईओ क्याम्पबेल विल्सनले एयरलाइन्सका कर्मचारीहरूलाई यात्राको क्रममा कुनै दुर्व्यवहार भएमा प्राधिकरणलाई जानकारी दिन निर्देशन दिएका छन्।

सीईओ क्याम्पबेल विल्सनले भने, ‘प्रभावित यात्रुहरूले दुर्दशालाई पूर्ण रूपमा बुझ्न सक्छन् र हामी उनीहरूसँगै छौं । यो घटनाबाट हामीले पनि केही सिक्न सक्छौँ ।’

‘यात्रामा हुने कुनै दुर्व्यवहार भएमा एयरलाइन्सका कर्मचारीले जतिसक्दो चाँडो प्राधिकरणलाई जानकारी गराउनु पर्नेछ। मामिला पूरै समाधान भइसकेको छ भन्ने लागे पनि ।’ -बीबीसी हिन्दी

प्रतिक्रिया