बिहीबार, जेठ ३, २०८१

गधा र गज सम्राट

तिर्थ श्रेष्ठ २०७९ पुष २३ गते ९:४२

कहिलेकाहीँ हात्तीहरु बहुलाउँछन
तहस नहस पार्न खोज्छन झुप्रा र झोपडीहरु
उन्मादको रसमा प्रलयको दूर्गन्ध
मानौं हात्तीहरुको सर्वप्रिय गीत हो
आफ्नै पैतालाले आफ्नै इतिहास कुल्ची हिंडेको थाहा हुँदैन हात्तीहरुलाइ यस्तो बेला
ओ गधाहरु !
छेउ लागेर हिंडनु
जति भारी बोके पनि
जसको भारी बोके पनि
गधाहरुको नियतीमा
अनिबार्यरुपमा अपमानको भारी बोक्नु लेखिएको हुन्छ
हात्तीहरु उन्मादमा छन
धनको उन्मादमा
तनको उन्मादमा
छेउ लागेर हिंडनु गधाहरु
केही बेर पछि उन्मादले छोडे पछि
ती बाँधिनेछन मसीना सिक्रीहरुमा ।
(यो कविता होइन ।
तर समर्पित छ मान्छेलाई गधा देख्ने
गज सम्राट र गज साम्राज्ञीहरुमा)

तीर्थ श्रेष्ठ

तिर्थ श्रेष्ठ नेपालखाेजका स्तम्भकार हुन् ।

प्रतिक्रिया