प्रेसमाथिको हस्तक्षेप बन्द गर : अध्यक्ष पोख्रेल
काठमाण्डौं । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले प्रेस स्वतन्त्रतामाथि विभिन्न पक्षबाट हुने हस्तक्षेपलाई तत्काल बन्द गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।
नेपाल पत्रकार महासङ्घ बाँके शाखाको १३औँ वार्षिक साधारणसभालाई शनिबार उद्घाटन गर्दै अध्यक्ष पोख्रेलले समाजलाई जागरुक बनाउन पत्रकारिता गर्ने क्रममा कसैले पनि पत्रकार र सञ्चारगृहमाथिको आक्रमण, अवरोध तथा बन्देज लगाउन नपाइने भन्दै निर्वाधरूपमा पेसा सञ्चालन गर्ने वातावरण निमार्ण गर्न सुझाव दिए ।
उनले भने, “पत्रकारिता गर्ने क्रममा कसैले पनि पेसालाई दुरुपयोग गरेको छ भने त्यसलाई अवश्य कारबाही हुन्छ, पत्रकार तथा मिडियालाई पनि नियन्त्रण गर्ने निकाय प्रेस काउन्सिल छ, पत्रकारको नाममा कसैले पनि गलत कार्य गर्नुहुँदैन ।”
समारोहमा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईँ, पूर्व केन्द्रीय उपाध्यक्ष हेमन्त कर्माचार्य, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीलगायतले पत्रकारका हकहित तथा पेसाका बारेमा आ–आफ्नो भनाइ राखे ।
प्रतिक्रिया