शुक्रबार, असोज २५, २०८१

प्रदेश १ : पुस २८ मा सभामुखको निर्वाचन तय

नेपालखोज २०७९ पुष २४ गते १५:३८

काठमाण्डौं । प्रदेश १ प्रदेश सभामा भएका दलहरुको सर्वदलीय बैठकले पुस २८ गते सभामुख निर्वाचन गर्ने निर्णय गरेको छ ।

बैठकले भोलिका लागि तय गरिएको प्रदेश सभा २६ गतेलाई सार्ने निर्णय गर्दै सभामुख र उपसभामुख निर्वाचनको कार्यतालिका तय गरेको हो ।

उपसभामुख भने २९ गते चयन गर्ने निर्णय भएको एमाले प्रदेश १ का प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

बैठकमा एमाले संसदीय दलका नेता हिक्मत कार्की, नेपाली कांग्रेसका उद्धव थापा, माओवादीका इन्द्र आङ्बो, राप्रपाका भक्ती सिटौला सहभागी छन् ।

प्रतिक्रिया