लोसपा : विश्वासको मत बारे निर्णय लिने जिम्मा महन्थ ठाकुरलाई
नेपालखोज
२०७९ पुष २४ गते १६:५६
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।
लोसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विश्वासको मतबारे निर्णय गर्ने जिम्मा अध्यक्षलाई दिएको हो । प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदै छन् ।
बैठकले मधेश प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ भने संगठन विस्तारको कामलाई यथासिघ्र अगाडि बढाउने निर्णय पनि गरेको नेता केशव झाले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया