बुधबार, असोज २३, २०८१

प्रधानमन्त्रीको निर्देशनपछि आयल निगमले घटायो इन्धनको मूल्य

नेपालखोज २०७९ पुष २४ गते २०:४३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो ।

अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ । यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर (करिब प्रतिलिटर ३० रुपैयाँ) घटेको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४२० डलर पर्नेछ । भारतबाट इन्धनको मूल्य घटेर आएपनि निगमले मूल्य समायोजन गरेको थियो । केही दिन अघि प्रधानमन्त्री प्रचण्डले मूल्य घटाउनका लागि निर्देशन दिएका थिए ।

प्रतिक्रिया