बाथका रोगीले गर्न नहुने पाँच काम
काठमाडाैं । बाथ रोग हाड जोर्नीसँग सम्बिन्धत जटिल स्वास्थ्य समस्या हो । पहिले बढ्दो उमेरसँगै देखिने भनिएको बाथ अहिले कम उमेरका व्यक्तिहरुलाई समेत हुने गरेको छ । वाथ रोग लाग्दा जोर्नीहरु दुख्नुका साथै त्यसमा सुन्निने समस्या समेत देखिन्छ ।
त्यसो त धेरै पीडितले वाथ रोगको नियमित औषधी सेवन गर्दछन् । यद्यपि कहिले काहिँ नजानेर गरिएका केही कार्यहरुले वाथ रोगबाट मुक्ति पाउनुको सट्टा अझ बढी समस्या निम्तिन सक्छ । त्यसैले त्यस्ता गल्तीहरु नदोहोर्याउनु नै बुद्दिमानी हुन्छ :
दौड वा जगिङ : बाथ रोगबाट पीडितहरुले एक्सरसाइज त गर्न सक्छन् तर दौडिने कार्य भने उनिहरुका लागि घातक साबित हुन सक्छ । त्यसैले यो रोगका बिरामीले दौडिने वा जगिङ गर्ने जस्ता एक्सरसाइज गर्नुहुँदैन किनभने दौडदा वा जगिङ गर्दा जोर्नीमा सीधा प्रभाव पर्छ । जसले गर्दा बाथका रोगिमा थप समस्या देखिने जोखिम बढछ । यसका अतिरिक्त एरोबिक्स गर्ने , उफ्रिने र डोरी खेल्ने जस्ता काम बाट पनि टाढै रहनु बेस हुन्छ ।
खेल गतिविधि : भनिन्छ खेलकूदले व्यक्तिलाई शारीरिक तन्दुरुस्ति प्रदान गर्नुका साथै फिट रहन पनि मद्दत गर्छ । यद्यपि वाथका रोगीहरुले शरीरको बढी मुभमेन्ट हुने वा अचानक शरीरको चाललाई विपरित दिशामा मोड्नुपर्ने भएकोले खेलकूदबाट टाढै बस्नुपर्छ । किनभने खेलकूदका कारण जोर्नीहरुमा उल्टो असर पर्ने खतरा रहन्छ । विशेष गरि टेनिस,बास्केटबल,भलिबल र ब्याडमिन्टन जस्ता खेल बाथ रोगीका लागि घातक साबित हुन सक्छन ।
शारीरीक पोश्चर : केहि मानिसले मात्र उठ्दा या बस्दा आफ्नो शरीरको पोश्चर अर्थात हाउभाउ वा अवस्थामा ध्यान पुर्याउँछन् । बाथ रोगीहरुले यसमा सधैं ध्यान दिनुपर्छ । गलत हाउभाउ वा शारीरिक अवस्थामा बस्दा जोर्नीमा दबाब पर्छ र समस्या सृजना हुन्छ । विशेष गरेर खुट्टा खप्ट्याएर वा उपरखुट्टी लाएर बस्नु वाथ रोगीका लागि खतरनाक हुनसक्छ ।
सिंढीको प्रयोग : जोर्नीको दुखाइबाट पीडितहरुले सिंढी वा भर्याङको प्रयोग कम गर्नुपर्छ । सिंढी वा भर्याङ चढ्दा त्यसको सीधा असर घुँडाको जोर्नीमा पर्छ ।
तातोपानीको सेकाइ : कतिपयले जोर्नीको पिडा कम गर्न तातोपानीले सेक्ने गरेका छन् । यो वाथ रोगीका लागि घातक मानिन्छ । किनभने तातोले अझ बढी सुन्निने बनाउँछ । यसले पीडा बृद्धि समेत गर्छ । बरु बाथका रोगिले छोटो समय चिसो वरफले सेक्नु फाइदाजनक हुन्छ ।
प्रतिक्रिया