सोमबार, वैशाख ३१, २०८१

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ पुष २५ गते १०:४८

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ६ सय रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज चाँदीको भाउ १० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा नै कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया