बिहीबार, असोज २४, २०८१

‘कुनैपनि कालका भ्रष्ट्रचारको फाइलमाथि निर्मम छानबिन हुन्छ’

नेपालखोज २०७९ पुष २५ गते १४:३७

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेले कुनैपनि कालखण्डमा भ्रष्ट्राचारको फाइल खोलेर छानबिन गरिने बताएका छन् ।

सोमबार सुरु भएको प्रतिनिधिसभाको पहिलो बैठकमा आवद्ध दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट बैठकलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री लामिछानेले यो कुरा बताएका हुन् ।

सम्बोधनका क्रममा उनले आफ्नो पाटी र सांसदहरू कुनैपनि प्रकारका भ्रष्ट्रचारमा संलग्न नहुने र भएको खण्डमा निर्मम तवरले कारबाही गरिने बताए । उनले भ्रष्ट्राचार छानबिनका क्रममा कुनै व्यक्ति वा दलले दबाब नदिन उनले आग्रह गरे ।

आफू पद र सरकार रहेसम्म जनताले तिरेको कर र राज्यको ढुकुटीमाथि भ्रष्टाचार गर्ने जोकोहीमाथि कडा छानबिन र कारवाही गर्न कानूनबमोजिम कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो ।

प्रतिक्रिया