आइतबार, जेठ ६, २०८१

४६ अंकले नेप्से बढ्दा पाँच अर्ब ३१ करोडको सेयर किनबेच

नेपालखोज २०७९ पुष २५ गते १५:३४

काठमाडौं । नेप्से २२ सय अंकमा चढेको छ । अघिल्लो दिन झण्डै २१ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज (सोमबार) पुन: ४६ दशमलव ७६ अंकले बढेर २२ सय ११ दशमलव ३८ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ६१ अंकले बढेर चार सय १९ दशमलव ८४ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय ५७ वटा कम्पनीहरुको ७४ हजार पाँच सय ४३ पटकको कारोबारमा एक करोड ४६ लाख ७६ हजार दुई सय छ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ३१ करोड ४३ लाख सात हजार आठ सय ५३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा होटल तथा पर्यटन समूहको सूचक २३ दशमलव ९२ अंकले घटेर बाँकी समूहहरुको सूचक बढेका छन् । सो मध्ये वाणिज्य बैंक समूहको सूचक २९ दशमलव २२ अंकले बढेर १४ सय १२ दशमलव ६७ अंकमा चढेको छ । बिकास बैंक समूहको सूचक पनि एक सय २४ दशमलव २७ अंकले बढेर तीन हजार नौ सय ४९ दशमलव एक अंकमा चढेको छ ।

जलबिद्युत समूहको सूचक पनि एक सय २२ दशमलव ६१ अंकले बढेर दुई हजार ६ सय दुई दशमलव ७८ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक एक सय ७८ दशमलव ६७ अंकले बढेर ११ हजार दुई सय ४१ दशमलव तीन अंकमा चढेको छ । निर्जिवन बिमा समूहको सूचक पनि दुई सय ३७ दशमलव ६१ अंकले बढेर नौ हजार ६ सय ८२ दशमलव ७४ अंकमा चढेको छ । फाइनान्स, लगानी, उत्पादनुमलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज बरुण हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर दुई सय ७२ रुपैयाँ ८० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा स्वाभिमान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य तीन दशमलव ५७ प्रतिशतले घटेर १५ सय ९५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज रिडी हाइडो पावर कम्पनीको प्रतिकित्ता ६ सय रुपैयाँ अन्तिम मुल्यमा २० करोड ६८ लाख १७ हजार चार सय ५८ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया