शुक्रबार, वैशाख ७, २०८१

कोलेस्टेरोल कम गर्ने प्राकृतिक उपाय !

डा. हेमराज कोइराला २०७९ पुष २६ गते १२:१०

डिसलिपिडिमिया अर्थात कोलोस्टेरोल र ट्राईग्लिस्राईड जस्ता रक्त चिल्लोको गडबडी हुने समस्या आज हरेक बयस्क व्याक्तिकोा समस्या जस्तै भइसकेको छ। हाम्रो रगतमा सयूक्त कोलेस्टेरोल, काईलोमाईक्रोन, एलडीएल कोलेस्टेरोल, भिएलडिएल कोलेस्टेरोल, र एचडीएल कोलेस्टेरोल, ट्राईग्लिसराईड नाम गरेका रक्त चिल्लोहरू पाइन्छन् ।

यी सबै रक्त चिल्लोको आआफ्नै स्वस्थ रक्त स्तर छ । यी चिल्लोहरूको रक्त स्तर स्वासथ्यमा प्रतिकुल असर पर्नेगरी बढ्नु वा घट्नुलाई रक्तचिल्लोको गडबडी वा डिसलिपिडीमिया भनिन्छ।यसरी रक्त कोलेस्टेरोल बढ्दा स्वास्थ्यमा धेरै गडबडी देखा पर्दछन् र हृदयघात र मस्तिष्कघात जस्ता समस्याहरू देखा पर्छन् ।

यसर्थ रक्त चिल्लोको गडबडीको आजको दिनमा नं. १ किलर रोग हृदयघात र मस्तिष्कघातको आधारभूत कारण हुन् । हृदयघात र मस्तिष्कघात जस्ता रोगहरू माथि विजय पाउनका लागि रक्तचिल्लोको गडबडीलाई कमगर्न सक्नुपर्छ । रक्तचिल्लोको गडबडी कम गर्नका लागि निम्ना प्राकृतिक उपायहरू अवलम्बन गर्न सकिन्छ ।

१. तौल कम गर्नुहोस् ।

२. नियमित रूपमा व्यायाम गर्ने गर्नुहोस् ।

३. आवधिक उपवास गर्नुहोस ।

४. प्रसस्त फलफुल तथा तरकारीको सेवन गर्नुहोस् ।

५. तेल नहालि खानेकुरा खान सिक्नुहोस् ।

६. धूम्रपानको त्याग गर्नुहोस ।

७. मद्यपानको त्याग गर्नुहोस।

८. चिनी र प्रशोधित कार्बोहाईडेट्स नखाने ।

९. ट्रान्स फ्याट र हाईड्रोजेनेटेड फ्याटको त्याग ।

१०. प्रशस्त खाद्य रेशा र चोकरयूक्त खानेकुराहरूको सेवन गर्नुहोस् ।

११. आमेगा–३ फ्याट्टि एसिडको सेवन ।

१२. लसुनको सेवन ।

१३. तेल भएका गेडागुडीको सेवन बाट शरीरलाई चाहीने चिल्लोको पूर्ती गर्नेगरौं ।

१४. आर्टिचोक खानुहोस् ।

१५. मेथीको सेवन गर्नुहोस् ।

१६. गुग्गुलिपिडको सेवन गर्नुहोस् ।

१७. अदुवाको सेवन गर्नुहोस ।

१८. भिटामिनहरूको सेवन गर्नुहोस् ।

१९. मिनिरलहरूको सेवन गर्नुहोस् ।

२०. चाईनीज जडिबुटिको सेवन गर्नुहोस् ।

२१. धानको भूषको तेलको सेवन गर्नुहोस् ।

२२. तनाव व्यावस्थापन गर्नुहोस् ।

२३. प्रसस्त पानी पिउनुहोस् ।

२४. उच्च मात्रामा खाद्यरेशा भएका खानेकुरा खानुहोस् ।

२५. जडीबुटीको प्रयोग गर्नुहोस् ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया