लुम्बिनी सरकारमा एमालेले दाबी पेस गर्दै
काठमाडौं । लुम्बिनी सरकारको नेतृत्वको लागि आज नेकपा एमालले दाबी पेश र्गैछन् । एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले आज सरकारको नेतृत्वमा दाबी पेश गर्ने र प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ ।
प्रदेश प्रमुख शेरचनले पुस २७ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए । तर त्यसको एक दिन अगाडि नै गिरीले माओवादी केन्द्र लगायत दलहरुको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्न लागेका हुन् ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमति अनुसार लुम्बिनी प्रदेशको नेतृत्व पाँच वर्ष नै नेकपा एमालेले लिनेछ । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तिमा ४४ सांसदको समर्थन चाहिन्छ ।
सत्ता साझेदार दलहरुमध्ये सबैभन्दा धेरै नेकपा एमालेका २९ सांसद छन् । यसैगरी माओवादी केन्द्रका १०, राप्रपाका ४ तथा जसपा र जनमत पार्टीका ३÷३ जना सांसद छन् । यसैगरी कांग्रेसका २७, लोसपाका ३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १÷१ तथा स्वतन्त्रबाट निर्वाचित २ जना सांसद छन् ।
यसअघि प्रदेश नं १, बागमति र गण्डकी प्रदेशले मुख्यमन्त्री पाइसकेका छन् । प्रदेश १ मा एमालेका हिक्मत कार्की, लुम्बिनीमा माओवादी केन्द्रका शालिकराम जमरकट्टेल र गण्डकीमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बनिसकेका हुन् ।
प्रतिक्रिया