मस्को-गोवा उडानको आपतकालीन अवतरण : एनएसजीले कुनै शंकास्पद वस्तु फेला पारेन
नेपालखोज
२०७९ पुष २६ गते १०:३६
काठमाडौं । बम भएको खबर पाएलगत्तै जामनगरमा अवतरण गरेको मस्कोबाट गोवा आउँदै गरेको विमानमा कुनै बम वा शंकास्पद वस्तु फेला परेको छैन ।
जामनगरमा आपतकालीन अवतरणपछि एनएसजीका दुई टोलीले विमानको जाँच गरिरहेका थिए । अब एनएसजीको टोलीले एयरपोर्टमा यात्रुहरूको सामान जाँच गर्नेछ । जामनगरबाट बिहान १० बजे उडान हुने विमानस्थल प्राधिकरणले जनाएको छ ।
सोमबार राति करिब १० बजे बमको धम्की आएको सन्देश आएपछि जामनगर विमानस्थलमा आकस्मिक अवतरण गर्नुपरेको थियो । विमानमा २३६ यात्रु र ८ जना चालक दलका सदस्य थिए, जसलाई राति सकुशल बाहिर निकालिएको थियो । -बीबीसी हिन्दी
सम्बन्धित
प्रतिक्रिया