आइतबार, जेठ ६, २०८१

२१ अंकले नेप्से घट्दा सात अर्ब ६५ करोडको सेयर किनबेच

नेपालखोज २०७९ पुष २६ गते १५:२८

काठमाडौं । तिव्र उतारचढावकाबिच नेप्से घटेको छ । सुरुवाती समयमा ६० अंकसम्मले बढेको नेप्से अन्तिम समयमा आएर घटेको छ । अघिल्लो दिन ४७ दशमलव १५ अंकले बढेको नेप्से साताको तेस्र्रो कारोबार दिन आज (मंगलबार) भने २१ दशमलव ३५ अंकले घटेर २१ सय ९० दशमलव ४२ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७५ अंकले घटेर चार सय १९ दशमलव १६ अंकमा झरेको छ ।

दुई सय ५४ वटा कम्पनीहरुको एक लाख ९९ हजार ६७ पटकको कारोबारमा दुई करोड आठ लाख ४३ हजार नौ सय ५२ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ६५ करोड ८८ लाख २३ हजार पाँच सय ७९ रुपैयाँको सेयर कारोबार भएको छ ।

नेप्सेमा मंगलबार १३ वटा समूहहरुको कारोबार भएकोमा दुई वटा समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सुुचक आठ दशमलव ४१ अंकले बढेर १४ सय २१ दशमलव आठ अंकमा चढेकोमा सामुहिक लगानी कोष समूहको सूचक पनि बढेको छ । बिकास बैंक समूहको सूचक ४१ दशमलव ७४ अंकले घटेर तीन हजार नौं सय छ दशमलव ३४ अंकमा झरेको छ ।

जलबिद्युत समूहको सूचक १५ दशमलव छ अंकले घटेर २५ सय ८७ दशमलव ७२ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि दुई सय ४३ दशमलव नौ अंकले घटेर ११ हजार एक दशमलव ७२ अंकमा झरेको छ । निर्जिवन बिमा समूहको सूचक दुई सय ७८ दशमलव ३२ अंकले घटेर नौ हजार चार सय सात दशमलव ८३ अंकमा झरेको छ । यि बाहेक फाइनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा मंगलबार बलेफी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर तीन सय १२ रुपैयाँ ७० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा तारागाउँ रिजेन्सी होटेल समूहको प्रतिकित्ता सेयर मूल्य आठ दशमलव ७४ प्रतिशतले घटेर चार सय ३८ रुपैयाँ ४० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज न्यादी ग्रुप पावर लिमिटेडको प्रतिकित्ता तीन सय १६ रुपैयाँ अन्तिम मूल्यमा २१ करोड २१ लाख एक हजार चार सय ३६ रुपैयाँ ६० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया