चिनियाँ पर्यटकको पहिलो अन्तर्राष्ट्रिय भ्रमण सुरु
काठमाडाैं । सन् २०२३ को जनवरी ९ मा, चीनको प्रवेश र बहिर्गमन नीतिको समायोजनपछि थाइल्याण्ड पुगेका पहिलो खेपका यात्रुहरूका लागि थाइल्याण्डको स्वास्थ्य मन्त्रालय, पर्यटन तथा खेलकुद मन्त्रालय र यातायात मन्त्रालयले संयुक्त रूपमा सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत समारोह आयोजना गरेका छन् ।
फुच्यान प्रान्तीय स्यामनबाट गएको उक्त विमानमा २६९ जना चिनियाँ यात्रुहरू थिए । थाइल्याण्डका उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री अनुटिन चार्न भिराकुल, पर्यटन तथा खेलकूद मन्त्री फिफाट रतचाकिटप्राकर्ण र यातायात मन्त्री सक्षम चिड्चोबले चिनियाँ यात्रुलाई फूल र स्मारिका प्रदान गर्नुभएको छ ।
महामारीअघि चीन नै थाइल्याण्डको सबैभन्दा ठूलो पर्यटकको स्रोत थियो र सन् २०१८ मा थाइल्याण्डको भ्रमण गरेका चिनियाँ पर्यटकहरूको संख्या एक करोडभन्दा बढी थियो । थाई बजारमा चिनियाँ पर्यटकको फिर्ताबाट आफ्नो अर्थतन्त्रलाई उकास्ने आशा महामारीबाट निकै प्रभावित थाइल्याण्डले राखेको छ । विश्वका धेरै मुलुकहरूले पनि चिनियाँ पर्यटकको स्वागत गर्ने तथा फरक–फरक प्रवेश नीति नअपनाउने जनाएका छन् । सिआरआई नेपाली सेवा
प्रतिक्रिया