मुख्यमन्त्री अधिकारीले भेटे प्रधानमन्त्री
नेपालखोज
२०७९ पुष २७ गते ८:५५
काठमाण्डौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा संघीयताको सवलीकरणका विषयमा कुराकानी भएको मुख्यमन्त्री अधिकारीले जानकारी दिए ।
प्रचण्डले असाधारण विश्वासको मत पाएकोमा आफूले बधाई दिएको र मुख्यमन्त्री बनेकोमा प्रचण्डले आफूलाई बधाई दिएको पनि उनले बताए ।
एमाले नेता अधिकारी पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनले २९ गते विश्वासको मत लिंदैछन् ।
सम्बन्धित
प्रतिक्रिया