सोमबार, वैशाख २४, २०८१

‘आरआरआर’ फिल्मको ‘नाटु-नाटु’ गीतले पाए गोल्डेन ग्लोब अवार्ड

नेपालखोज २०७९ पुष २७ गते ११:४३

काठमाडौं । एसएस राजामौलीको फिल्म ‘आरआरआर’ को ‘नातु नातु’ गीतले गोल्डेन ग्लोब अवार्डमा उत्कृष्ट मौलिक गीत मोशन पिक्चरको उपाधि जितेको छ ।

फिल्ममा जुनियर एनटीआर र रामचरण मुख्य भूमिकामा थिए । यो गीत पनि उनीहरु दुबैमा खिचिएको छ । अमेरिकाको क्यालिफोर्नियामा ८० औं गोल्डेन ग्लोब अवार्ड समारोह हुँदैछ ।

यसपटकको अवार्ड समारोह भारतको दृष्टिकोणले पनि विशेष छ किनभने ‘आरआरआर’ दुई विधामा मनोनित भएको थियो । तर, अवार्ड एउटा विधामा मात्र दिइएको थियो । यो तेलुगु गीत एमएम किरावानीले कम्पोज गरेका हुन् भने यसको शब्द चन्द्रबोसले लेखेका हुन् । गीतमा राहुल सिपलीगञ्ज र काल भैरवले स्वर दिएका छन् ।

आरआर उत्कृष्ट गैर-अंग्रेजी फिल्म विधामा पनि मनोनित भएको थियो तर अवार्ड अर्जेन्टिनाको फिल्मलाई गयो ।

गोल्डेन ग्लोब जितेको गीत ‘ओरिजिनल सङ’ विधामा प्रतिष्ठित एकेडेमी अवार्डका लागि पनि विवादमा छ । सर्टलिस्ट गरिएका गीतहरूको सूची हालै सार्वजनिक भएको छ । -बीबीसी हिन्दी

प्रतिक्रिया