शनिबार, असोज २६, २०८१

हेलिकोप्टर चढेर गाेरखा पुगे प्रधानमन्त्री

नेपालखोज २०७९ पुष २७ गते १३:४४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा महोत्सव उद्घाटन गर्न नेपाली सेनाकाे हेलिकोप्टर चढेर त्यसतर्फ लागेका छन् । बुधबार काठमाडाैंमा आफ्नाे नेतृत्वकाे नेकपा (माओवादी केन्द्र) निकट वाईसीएलको भेलालाई सम्बोधन गरिसकेपछि प्रधानमन्त्री प्रचण्ड माओवादी, कांग्रेससहितका सांसदहरूसहित गोरखा गएका हुन् ।

प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंलगायत गएका छन् ।

यही पुष १० मा प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै उनले आफू ढटेर काममा लाग्ने र काम गर्न दिन भन्दै सामाजिक समारोह, गोष्ठी, उद्घाटन जस्ता काममा नबोलाउन आग्रह गरेका थिए । तर उनले आफ्नै भनाईलाई लत्याउँदै महोत्सव उद्घाटनका लागि सेनाको हेलिकोेप्टर चढेर गोरखा पुगेका हुन् । उनी पुरानै बानीलाइ निरन्तरता दिन पुगेका छन् ।

प्रतिक्रिया