बागमतीमा राप्रपाका पाठक सभामुखको उम्मेदवार बन्ने
नेपालखोज
२०७९ पुष २७ गते १५:४१
काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट बागमती प्रदेशसभाको सभामुखमा राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने भएका छन् ।
राप्रपाले बुधबार उनलाई सभामुखको उम्मेदवार बनाउने टुंगो लगाएको हो । सत्तारुढ दलहरुबीच मुख्य पदहरु भागवण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो ।
बागमती प्रदेशसभामा सभामुखको निर्वाचन बिहीबार हुँदैछ ।
सम्बन्धित
प्रतिक्रिया