बुधबार, वैशाख २६, २०८१

सुदूरपश्चिमको मुख्यमन्त्रीमा रावल नियुक्त

नेपालखोज २०७९ पुष २७ गते १९:३८

काठमाण्डौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त भएका छन् ।

रावललाई नेकपा (माओवादी केन्द्र) का ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक गरी २९ जना सदस्यको समर्थन रहेको छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ जना आवश्यक हुन्छ ।

प्रदेश प्रमुख जोशीले बहुमत सांसदको समर्थन जुटाउन सक्ने प्रदेशसभाका सदस्यलाई मुख्यमन्त्रीको नियुक्तिका लागि दाबी पेश गर्न एक हप्ताको समय दिएका थिए । केन्द्रमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एमाले र माओवादीले आलोपालो गर्ने सहमति भएको थियो । प्रदेशसभाको सभामुख माओवादीले पाउने सहमति केन्द्रिय सत्ता गठबन्धनमा भएको थियो ।

सोही सहमतिअनुसार माओवादी केन्द्रका भीमबहादुर भण्डारीले सभामुख पदका लागि आज उम्मेदवारी दर्ता गराएका छन् । सभामुख पदमै नेपाली कांग्रेसका मानबहादुर रावलले पनि उम्मेदवारी दर्ता गराए ।

प्रतिक्रिया