राष्ट्रियसभा उप–चुनाव : दल दर्ताको समयसीमा आज सकिँदै
नेपालखोज
२०७९ पुष २८ गते ८:४७
काठमाण्डौं । राष्ट्रिय सभाको रिक्त रहेको सदस्य पदको उप–चुनावका लागि निर्वाचन आयोगले दल दर्ताको लागि दिएको समय आज सकिदैँछ । अहिलेसम्म दुईवटा दलले मात्रै निवेदन दिएका छन् ।
अहिलेसम्म नेकपा (एकीकृत समाजवादी) र बहुजन शक्ति पार्टीले निवेदन दिएको आयोगले जनाएको छ । लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभाको एक जना सदस्य पदका लागि आउँदो माघ २५ गते उप–चुनाव हुँदैछ ।
लुम्बिनी प्रदेशको अन्य समूहबाट निर्वाचित सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि पद रिक्त हुन गएको हो । आयोगले गएको २४ गते सूचना निकालेर संविधानको धारा २७१ अनुसार दल दर्ताका लागि आह्वान गरेको थियो । निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरुले उप–चुनावका लागि आयोगमा निवेदन दिन सक्नेछन् ।
सम्बन्धित
प्रतिक्रिया