सोमबार, वैशाख २४, २०८१

ह्युमन राइट्स वाचले मानवअधिकार उल्लंघनका लागि भारतको कडा आलोचना

नेपालखोज २०७९ पुष २८ गते १२:०४

काठमाडौं । अन्तर्राष्ट्रिय संगठन ह्युमन राइट्स वाचले आफ्नो विश्वव्यापी प्रतिवेदनमा भारत सरकारले कार्यकर्ता समूह र सञ्चारमाध्यममाथि आक्रमण तीव्र बनाएको जनाएको छ ।

ह्युमन राइट्स वाचले १०० भन्दा बढी देशमा मानव अधिकारको अवस्थाबारे आफ्नो ग्लोबल रिपोर्ट सार्वजनिक गरेको छ । ७१२ पृष्ठको प्रतिवेदनमा हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टीको सरकारले मुस्लिम र अन्य अल्पसंख्यकलाई दमन गर्न अपमानजनक र भेदभावपूर्ण नीति अपनाएको उल्लेख गरेको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘पूरा भारतमा, कार्यकर्ता, पत्रकार र सरकारका अन्य आलोचकहरुलाई राजनीतिक कारणले आपराधिक आरोपमा पक्राउ गरिएको छ। यसमा आतंकवादसँग सम्बन्धित विषयहरु पनि छन्। प्रशासनले आयकरको छापा, आर्थिक अनियमितताको आरोप र वैदेशिक योगदान नियमन ऐनमार्फत मानवअधिकारकर्मीलाई उत्पीडन गरिरहेको छ ।’

‘भाजपा शासित राज्यहरुमा, प्रशासनले मुस्लिमहरूको घर र सम्पत्ति ध्वस्त पारेको छ र यो कदम कुनै कानूनी वैधता वा उचित प्रक्रिया बिना लिइएको छ। यो विरोध वा कथित अपराधको सजायको रुपमा गरिएको हो ।’ -बीबीसी हिन्दी

प्रतिक्रिया