मंगलबार, वैशाख ११, २०८१

नर्भिक हस्पीटलमा कलेजो सम्बधी रोगको निशुल्क परामर्श

नेपालखोज २०७९ पुष २८ गते १६:३७

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्र्तगत यो शनिबार (पुस ३० गते) पहिलोपटक कलेजो सम्बन्धी समस्या भएकाहरुले निःशुल्क परामर्श सेवा लिने अवसर पाउने भएका छन् । नर्भिक अस्पतालले विगत केही महिनादेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत ‘निःशुल्क ओपिडी अभियान’ सञ्चालन गर्दै आएको छ ।

यसअघिका कैयन साताहरुका ओपिडी यूरोलोजीसँग सम्बन्धित थियो । पहिलोपटक कलेजोसँग सम्बन्धित समस्या भएका बिरामीहरुलाई सेवा दिने उद्देश्यले पुस ३० गते(शनिबार) विशेष ओपिडी सञ्चालन गर्न लागिएको हो । शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म अस्पतालमा वरिष्ठ कलेजो रोग विशेषज्ञ तथा शल्यचिकित्सक डा. परदेज सापकोटा नेतृत्वको टिमले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्नेछ ।

निःशुल्क ओपिडीमा कलेजोको सिरोसिस, जण्डिस, फ्याटी लिभर भएका, पेटमा पानी जमेका जस्ता समस्या भएका बिरामीहरु तथा कलेजो बारे सम्पूर्ण रोगको निःशुल्क परामर्श सेवा आवश्यकले अवसर पाउनेछन् । निःशुल्क ओपिडीमा सहभागी हुन चाहनेले नर्भिक इन्टरनेशनल हस्पिटलको ल्याण्डलाइन नम्बर ०१५९७००३२ तथा मोवाइल नम्बर ९८८०८८८००० मा सम्पर्क गरी अपोइन्टमेन्ट बुक गर्न सक्नेछन् ।

नर्भिक अस्पतालले केही दिनअघि पत्रकार सम्मेलनको आयोजना गरी कलेजो प्रत्यारोपण सेवाका लागि आवश्यक प्रक्रियाहरु अगाडि बढाइएको बताएको थियो । अस्पतालले यसअघि नै मृगौला प्रत्यारोपण सेवा भने सफलतापूर्वक सुरु गरिसकेको छ ।

प्रतिक्रिया