प्रदेश नं १ का सभामुख गौतमले लिए शपथ
नेपालखोज
२०७९ पुष २८ गते २०:५२
काठमाण्डौं । प्रदेश नं १ का सभामुख बाबुराम गौतम शपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले सभामुख गौतमलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
उनले प्रदेशसभाबाट निर्वाचित सभामुख गौतमलाई प्रदेशसभा नियमावली २०७४ को नियम ८ बमोजिम शपथ गराए । शपथ ग्रहण समारोहमा प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, निवर्तमान सभामुख प्रदीपकुमार भण्डारी लगायतको उपस्थिति थियो ।
सभामुख गौतमले आजै प्रदेशसभा सचिवालयमा आफ्नो पदभार ग्रहण गरे ।
सम्बन्धित
प्रतिक्रिया