नेपालखोज दिनभरी : खबर सारांश
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठक र नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेले भ्रष्टाचार गरेको ठहर, ३ वर्ष कैदको फैसला ।
क्रिकेटर सन्दिप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश, विदेश जान रोक ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता, सरकार विस्तारबारे छलफल ।
कांग्रेस पदाधिकारी बैठकको निर्णय, सभामुख–उपसभामुख चुनावबारे अन्य दलसँग छलफल गर्ने ।
प्रदेश नं १ का सभामुख बाबुराम गौतमले लिए शपथ, आजै पदभार ग्रहण ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिँह रावल, लुम्बिनी प्रदेशको मुख्यमन्त्री लिला गिरी र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिए ।
आजपा र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता हुने ।
स्ववियु चुनाव चैत ५ मा, १४ बर्षपछि हुँदै ।
नेप्सेमा उच्च अंकले गिरावट, पाँच अर्ब ४७ करोडको सेयर किनबेच ।
घनश्याम भूसाल पार्टी प्रवेशको तयारी, एकिकृत समाजवादीले स्वागत गर्ने ।
नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक ९डीआईजी० को काज सरुवा ।
प्रतिक्रिया