एमाले छाडेर बसेका भुसाल आज एकीकृत समाजवादीमा प्रवेश गर्ने
काठमाडौं । नेकपा एमालेका पूर्वउपमहासचिव तथा बामपन्थी नेता घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादमिा प्रवेश गर्ने भएका छन् ।
शुक्रबार दिउँसो एक कार्यक्रमकाबीच भुसाललाई एकिकृत समाजवादीमा प्रवेश गराइँदैछ । उनी नेकपा एमालेमा रहँदा पनि माधव नेपाल पक्षमा नै थिए । नेपालले नयाँ पार्टी गठन गर्दा एमालेमा नै बसेका भुसालले निर्वाचन अगाडी एमाले छाडेका थिए ।
उनी बानेश्वरस्थित एक होटेलमा शुक्रबार दिउँसो एकीकृत समाजवादीमा समाहित हुने स्वघोषणा कार्यक्रम राखिएको छ । एमालेमा रहँदा उनी उपमहासचिवमा कार्यरत थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीका कट्टर अलोचक भुसाल प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका थिए । उनी पछिल्लो समय कुनै पनि पार्टीमा आबद्ध नभएपछि एकीकृत समाजवादीले पार्टीमा आउन भनेको थियो ।
एमालेको नवौँ महाधिवेशनको निर्णयप्रति एकीकृत समाजवादी अहिले पनि प्रतिबद्ध रहेको र नेपाली क्रान्तिको आजको कार्यदिशा त्यही नै रहेको समाजवादीको ठम्याइ छ ।
यतिबेला नेपाली समाजमा विद्यमान समस्या समाधान गर्न समाजवादी कार्यदिशा अँगालेर अगाडि बढ्नुपर्दछ भन्ने दृष्टिकोण राख्ने विभिन्न कम्युनिस्ट समूह र व्यक्तिहरूलाई समेत समाजवादी कार्यदिशा अँगालेको यही नेकपा एकीकृत समाजवादीमा एकताबद्ध गर्ने कार्यमा अगाडी बढ्ने समाजवादीले जनाएको छ ।
प्रतिक्रिया