शुक्रबार, असोज २५, २०८१

प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपालखोज २०७९ पुष २९ गते ११:२१

काठमाडाैं । शुक्रबार सुनको भाउ बढेर प्रतितोला एक लाख तीन हजार ९०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँ बढेको हो । यसअघि भने एक तोला सुनको भाउ एक लाख तीन हजार ४०० रुपैयाँ रहेको थियो ।

त्यस्तै, यसअघि प्रतितोला एक लाख दुई हजार ९०० रुपैयाँ रहेको तेजावी सुनलाई आज एक लाख तीन हजार ४०० रुपैयाँ तोकिएको छ । यता, चाँदी पनि तोलामा पाँच रुपैयाँ बढेको महासंघले जनाएको छ । यसअघि प्रतितोला एक हजार ३६० रुपैयाँ रहेको चाँदीलाई आज एक हजार ३६५ रुपैयाँ पर्नेछ ।

प्रतिक्रिया